Gazal

Short Songs
  • गजल २


    मन दिने, तन दिने, माया दिने दुइचार छन् !
    घुर्क्याउने, फुर्क्याउने, फकाउने हजार छन् !

    प्रेमीहरुको बजार छ, हुलमा मोलामोल छ !
    किन्नेहरु थोरै, बरु बेच्ने मारामार छन् !

    सधैँ कुरा अरुकै मात्र, आफैँ बिक्री भएको
    देख्छन् तर लेख्दैनन्, कस्ता पत्रकार छन् !

    छामोस मन, छामोस मुटु, मूल्य गरोस् अरुलेनै
    आफ्नै मूल्य गर्ने त खोज सारा संसार छन् |

    गोपाल अर्याल
    २०७०/०३/०१